काठमाण्डौं उपत्यकामा बन्ने स्मार्ट सिटिको नयाँ प्रस्ताव मन्त्रिरिषदमा लगिने
काठमाडौँ । शहरी विकास मन्त्रालयले काठमाण्डौंमा प्रस्तावित चार स्मार्ट शहर मध्ये इशान शहर निमार्णको प्रस्ताव पुनः क्याविनेटमा लैजान गृहकार्य शुरु गरेको छ । ३ बर्ष अघि मन्त्रिपरिषद्मा पेश भएको इशान नयाँ शहर निर्माणसम्बन्धी प्रस्ताव अघि नबढेपछि प्रस्तावित योजनाको पुनरावलोकन गरि नयाँ प्रस्ताव अघि बढाउन मन्त्रालयले तयारी थालेको हो ।
उक्त आयोजनालाई अघि बढाउने बिषयमा आइतवार भएको बैठकमा शहरी विकास मन्त्री धनबहादुर बुढाले इशान नयाँ शहरसम्बन्धी प्रस्तावलाई एक महिनाभित्र भौतिक पुर्वाधार समितिमा पेश गर्न निर्देशन दिएका छन् ।
गत साता इशान नयाँ शहर आयोजनाको प्रगति अनुगमन गर्न गएका मन्त्री बुढालाई स्थानियवासी र जनप्रतिनिधीले लामो समयदेखी स्मार्ट शहरको लागि भन्दै जग्गा रोक्का गरेका कारण नागरिकले निकै कष्ट वेहार्नुपरेको भन्दै जतिसक्दो छिटो आयोजना निर्माणको कामलाई अघि बढाइदिन आग्रह गरेका थिए ।
२०७८ सालमा मन्त्रालयले पेश गरेको उक्त आयोजना निर्माण सम्बन्धी प्रस्ताव अर्थको सहमति नहुँदा मन्त्रिपरिषद्बाट अघि बढ्न सकेको छैन ।
मन्त्री बुढाले उक्त आयोजनामा भएको ढिलाईले सर्वसाधरण नागरिकले हैरानी खेप्नुपरेको भन्दै एक महिनाभित्रमा भौतिक पुर्वाधार समितिको वैठकबाट पारित गरेर मन्त्रिपरिषद्मा पेश गर्ने गरी काम गर्न उपत्यका विकास प्राधिकरसहित सम्बद्ध कर्मचारीलाई निर्देशन समेत दिए ।
मन्त्री बुढाले नयाँ शहर निर्माणसम्बन्धी प्रस्तावलाई जतिसक्दो छिटो मन्त्रिपरिषद्बाट पास गराउन पहल गर्ने भन्दै इशानबाटै नयाँ शहर निर्माणको थालनी गर्नुपर्नेमा जोड दिए । शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले इशान नया“ शहर निर्माणसम्बन्धी मौजुदा प्रस्तावलाई अघि बढाउन ठोस मोडालिटि बनाएर अघि बढ्ने बताए ।
सचिव गेलालले आयोजनाको व्लक प्लान बनाएर लागत मुल्याङकनसहित स्रोत व्यवस्थापनका लागि पहिले नै अर्थमन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने उल्लेख गरे । काठमाण्डौं उपत्यका विकास प्राधिकरणकी बिकास आयुक्त जानुका ढकालले इशान नयाँ शहर निर्माणका लागि विभिन्न विदेशी कम्पनीहरुले समेत चासो देखाएको भन्दै स्रोत व्यवस्थापनका लागि समस्या नहुने दावी गरे ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.