आज सुनचाँदीको मुल्य स्थिर; कतिमा हुदैछ कारोबार ?

नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

Artha Kendra Artha Kendra
बुधबार, २६ बैशाख २०८१, ११:४६ AM
फन्ट
आज सुनचाँदीको मुल्य स्थिर; कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै १ लाख ३६ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार पनि छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ७५० मा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मुल्य पनि आज स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा स्थिर रहदै प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.