संसद्‍मा बोल्न पाउनुपर्ने भन्दै उपप्रधानमन्त्री लामिछानेले लेखे सभामुखलाई पत्र

मंगलबार, २५ बैशाख २०८१, ६:२२ PM
post-image

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्न अनुमति माग्दै  सभामुख देवराज  घिमिरेलाई पत्र पठाएका छन् ।

सहकारीको बचत अपचलनमा  मुछिएका लामिछानेको बारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २८गतेबाट सुरू हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन् ।

उनले संसद्‍मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली उल्लंघन भएको उल्लेख गरेका छन् । 


 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}