आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वापाका मन्त्रीहरूको पत्र

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गरेका छन्। 

Artha Kendra Artha Kendra
सोमबार, २४ बैशाख २०८१, ६:३१ PM
फन्ट
आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वापाका मन्त्रीहरूको पत्र

काठमाडौं, २४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गरेका छन्। 

उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले छुट्टा छुट्टै पत्र लेखि आफ्नो सम्पत्ति विवरण सार्वभौम नेपाली नागरिक र आम संचारमाध्यमको जानकारीको लागि सार्वजनिक गरिदिन अनुरोध गरेका हुन्। 

देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्न सदाचार आचरण महत्त्वपूर्ण हुने र त्यसको लागि आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाएको तर त्यहाँबाट सार्वजनिक नभएकोले सार्वजनिक गर्नको लागि पत्राचार गरिएको पार्टीका महामन्त्री मुकुल ढकालले बताए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.