भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
काठमाडौँ । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो ।
भारतले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ ।
यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारी अनुमान अनुसार २०२४ को यस सिजनमा १९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको बताइएको छ ।
सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य नियन्त्रणमा आएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.