मेरो माइक्रोफाइनान्सको खुद नाफा ८४६.३० प्रतिशतले बढ्याे

बिहिबार, २० बैशाख २०८१, १:४९ PM
post-image

काठमाडौं, बैशाख २० । मेरो माइक्रोफाइनान्सको ८४६.३० प्रतिशतले खुद नाफा बढेको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा ह्वातै बढेको हो । उक्त अवधिसम्म मा खुद नाफा ८४६.३० प्रतिशतले बढेर १२ करोड ३८ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ३० लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो । 

यसअवधिमा खराब कर्जा १.४९ प्रतिशत विन्दुले र इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफा बढेको हो । गत वर्ष १३ करोड ४९ लाख ८० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज ३ करोड ८८ लाख ७ हजार रुपैयाँमा सीमित भएको छ । 
गत वर्ष १ करोड ३६ लाख ६७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष १७ करोड ५८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी १५.५५ प्रतिशतले बढेर ६० करोड ९२ लाख ५८ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दनी ११ रुपैयाँ १९ पैसाले बढेर १२ रुपैयाँ ५१ पैसा पुगेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}