नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, १८ बैशाख २०८१, २:३३ PM
फन्ट
नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

पर्सा, १८ बैशाख । वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नेपाली १ हजार दरको १ सय २३ थान नक्कली नोटसहित प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत-४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका-२ बस्ने ४० वर्षीया हलिमा खातुन रहेका छन्। 

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.