टाइटनिकमा चढेका सबैभन्दा धनी ब्यक्तिको घडी १९ करोड बढीमा लिलामी
काठमाडौं, १७ बैशाख । टाइटानिक जहाजमा सवार सबैभन्दा धनी यात्रुको सुनको घडी लिलामी भएको छ ।
बीबीसी न्यूजका अनुसार व्यापारी जोन ज्याकब एस्टरको यो घडी १९ करोड रूपैयाँ बढीमा बिक्री भएको छ । लिलामी अधिकारी एन्ड्रयू एल्ड्रिजले भने कि यो विश्व कीर्तिमान हो।
रिपोर्टका अनुसार यो घडीसँग जोनको सुनको कफलिङ्कहरू पनि छन्। यो अमेरिकाका एक निजी कलेक्टर हेनरी एल्ड्रिज एन्ड सन्सले किनेका थिए।
यसअघि टाइटानिक जहाज डुब्दा त्रसित यात्रुलाई शान्त पार्न बजाइएको भायोलिन सन् २०१३ मा लिलामी भएको थियो । लिलामी सुरु भएको १० मिनेटमै यो भायोलिन १९ करोड भन्दा बढी मुल्यमा बिक्री भएको हो ।
लिलामी गर्ने एन्ड्र्युले भने, ‘यो लिलामी कति अनौठो छ भन्ने प्रमाण हो। यसले यो पनि देखाउँछ कि मानिसहरू अझै पनि टाइटानिकको कथालाई लिएर उत्साहित छन्। ११२ वर्षअघि डुबेको जहाजका कथाहरू आज पनि सुनिन्छन्। यसका कथाहरू पनि छन्। २२०० मानिसहरू जो यो जहाजमा थिए।’
बीबीसी न्यूजका अनुसार टाइटानिक डुब्दा घडीका मालिक जोन ज्याकबले लाइफबोट प्रयोग गरेर आफ्नो ज्यान बचाउनुको सट्टा जहाजमा रहेका अन्य व्यक्तिसँग कुरा गरिरहेका थिए । वास्तवमा, सुरुमा जोनलाई जहाजमा कत्तिको ठूलो खतरा छ भनी थाह थिएन। तर पछि टाइटानिक डुब्न थाल्यो र क्याप्टेनले लाइफ बोटमार्फत जहाजबाट मानिसलाई निकाल्न थाले । जोनले खतरा महसुस गर्दा धेरै ढिलो भइसकेको थियो। यस्तो अवस्थामा उनले पहिलो पटक आफ्नी श्रीमती मेडेलिन एस्टरलाई चौथो लाइफबोटमार्फत पठाए र आफैं जहाजमै बसे ।
टाइटानिक डुबेको एक हप्तापछि जोनको शव समुन्द्रमा फेला परेको थियो । खल्तीमा सुनको घडी थियो । जोन त्यो जहाजमा उपस्थित सबैभन्दा धनी व्यक्ति थिए। त्यसबेला उनको सम्पति ७२५ करोड रुपैयाँ थियो, जुन आजको करोडौं डलर बराबर हुनेछ। जोनका छोरा भिन्सेन्ट एस्टोरले आफ्नो बुबाको घडी आफ्नो कार्यकारी सचिवका छोरा विलियम डोबिनलाई दिएका थिए। जुन लिलामी भएको हो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.