लगानी सहजीकरण सम्बन्धि अध्यादेश ल्याउने सरकारको निर्णय

सोमबार, १० बैशाख २०८१, १:३९ PM
post-image

काठमाडौं । सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न अध्यादेश ल्याउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् । उनले भनिन्,‘लगानी सहजीकरण सम्बन्धि केही ऐनहरु अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश भएको छ ।’

सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ ।  संसद अधिवेशन संचालन नभएको समयमा अध्यादेश ल्याउन सकिने व्यवस्था छ । सरकारले ल्याएको अध्यादेश ६ महिना भित्र संसदमा पेश नगरेमा स्वत: निष्कृय हुने कानुनी व्यवस्था रहेको छ ।  

सरकारले  वैशाख २ गते रातिबाट लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । 

 

 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}