नेपाल पुनर्बिमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, ४ बैशाख २०८१, १:८ PM
फन्ट
नेपाल पुनर्बिमा कम्पनीको लाभांश घोषणा

काठमाडौं, बैशाख ४ । नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको सोमबार (वैशाख ३ गते) बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । अब यो प्रस्ताव सरकार र बिमा समितिले स्विकृति दिएपछि साधारण सभामा लगिनेछ र सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

आर्थिक वर्ष २०७८–७९ को नाफाबाट पनि कम्पनीले कम्पनीले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.