वाइवाई चाउचाउले आइपीओ जारी गर्ने तयारी, सर्वसाधारणलाई मालिक बनाउदै

लोकप्रिय चाउचाउ वाइवाईले सर्वसाधारणका लागि प्राथमिक सेयर(आइपीओ) जारी गर्ने भएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, ४ बैशाख २०८१, १०:२५ AM
फन्ट
वाइवाई चाउचाउले आइपीओ जारी गर्ने तयारी, सर्वसाधारणलाई मालिक बनाउदै

काठमाडौं। लोकप्रिय चाउचाउ वाइवाईले सर्वसाधारणका लागि प्राथमिक सेयर(आइपीओ) जारी गर्ने भएको छ। सर्वसाधारणलाई पनि वाइवाई चाउचाउको हिस्सेदार बनाउने प्रमुख उद्धेश्यका साथ आइपीओ जारी गर्न लागेको चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए। 

चौधरीले सामाजिक संजाल मार्फत वाइवाईले सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको उल्लेख गरेका छन्।वाइवाईले नेपाल सहित भारतमा समेत आइपिओ जारी गर्ने भएको छ। सन् २०२६ भित्र सम्पूर्ण नेपालीहरुलाई सेयर जारी गरे मालिक बनाउने अभियानमा आफुहरु लागेको उनले बताए।

चौधरीले एक्समा पोष्ट गर्दै आईपीओ निष्कासन गर्न लागेको जानकारी दिएका हुन्। उनले एक्समा लेखेका छन्,‘हामी तपाईहरुको मनपर्दो चाउचाउ वाईवाईको नेपालमा आईपीओ निष्कासन गर्ने योजना बनाईरहेको कुरा सेयर गर्न गर्न पाउँदा खुसी रोमाञ्चित छौं ।’

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.