नेकपा (एस) मा दक्षिणपन्थी अवसरवादी चरित्र नांगो रुपमा प्रकट भयोः ओली
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति आपत्ति जनाउनुभएको छ ।
अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने बेलामा काँग्रेस निकट भएमात्रै नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीमा सहयोग गर्न सकिने भनि माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले चालेको कदम अराजनीतिक प्रवृत्तिको भएको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । सोमवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले काँग्रेस नजिक भएर सत्ता समिकरणलाई कमजोर बनाउने र यसलाई असफल बनाउन नेकपा एसले अराजनीतिक निर्णय लिएको आरोप समेत लगाउनु भयो । उहाँले सुदूरपश्चिम प्रदेशमा काँग्रेस केन्द्रित समिकरणबाट नागरिक उन्मुक्ति पार्टीलाई समर्थन गर्ने नेकपा एसको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगबाट प्रकट भएको जिकिर पनि गर्नुभयो । काँग्रस लगायतका विपक्षहरुको आशा पलाउने तथा जनतामा आशंका, अन्योल र निराशा केही मात्रामा भएपनि पैदा हुनेगरी नेकपा एसले सो निर्णय लिएको ओलीको भनाई थियो । उहाँले कम्युनिष्ट साईनबोर्ड राख्ने, नेकपा राख्ने अगाडि र काम अरुको हितमा गर्ने र समाजवादको पक्षधरहरुलाई कमजोर पार्ने खालको भुमिका नेकपा एसको देखिएपनि आफ्नो पार्टी समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ मिसन २०८४ लाई सफल पार्न लागि रहने बताउनु भयो ।
अध्यक्ष ओलीले नेकपा एमालेको ध्यान आगामी निर्वाचनमा बलियो राजनीतिक शक्तिको रुपमा स्थापित हुने रहेकाले त्यसलाई सफल बनाउन लागिपर्ने बताउनु भयो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.