प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजिएम, के के छन एजेण्डा

सोमबार, ३ बैशाख २०८१, ११:३१ AM
post-image

काठमाडौ, बैशाख ०३ । प्रभु इन्स्योरेन्सको वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, प्रभु इन्स्योरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

इन्स्योरेन्सले सेयरधनीहरुका लागि लाभांश सम्बन्धि प्रस्ताव पनि पेश गर्ने छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । यस्तै, सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । 

साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}