सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक, कुन तरकारी कतिमा हुँदैछ किनमेल
काठमाडौ, ३ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २२०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, भारतीय सुन्तला १६०, नेपाली मेवा ८० चुकुन्दर ६० र आभोकाडो ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार लोकल सानो गोलभेडा २५ र भारतीय ठूले गोलभेडा ६०, अदुवा २६०, रातो आलु ४२ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ४०, लौका ४०, कागती २४०, लोकल काक्रो १००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ४०, हाइब्रीड सेतो मूला ३० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १०० र राजमा घिउ सिमी १२० रुपैयाँ र टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी ४० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग ११० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६५, हरियो प्याज ४० र पुदीना १०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १८० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा १५, भिण्डी ९० र हरियो धनिया ७० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३३० र मंगुरी माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.