आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था पनि बन्द

बिहिबार, २९ चैत २०८०, ९:३४ AM
post-image

काठमाडौ, २९ चैत। नेपाल सरकारले स्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा सार्वजनिक विदा दिएकाले सेयर बजार आज बन्द हुने भएको छ ।

 सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अब बजार २०८१ वैशाख २ गते बिहान ११ बजे मात्रै खुल्नेछ । यसअघि २०८० को अन्तिम कारोबारको दिन बुधबार बजार १०.७१ अंकले घटेर २०२५.३० अंकमा बन्द भएको थियो । उक्त दिन ३ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}