समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको संयोजकमा रोशनकुमार अधिकारी
काठमाडौ, चैत २८ । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहका संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । नेपाल राष्ट्र बैंकले अन्तिम नतिजा सार्वजनिक गर्दै रोशनकुमार अधिकारी छनोट भएको जनाएको हो । यस्तै प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उमेदवारमा छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकले प्रकाशित गरेको सुचना अनुसार छनोटमा परेका मुख्य उम्मेदवारले नियुक्तिका लागि २०८१ वैशाख २ गतेभित्र राष्ट्र बैंकमा सम्पर्क राख्नु पर्ने हुन्छ । उक्त मितिभित्र सम्पर्कमा नआएमा योग्यताक्रम अनुसारका वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने राष्ट्र बैंकले जनाएको छ ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.