मनकामना स्मार्ट लघुवित्तको कहिले बस्दैछ साधारण सभा ?

बुधबार, २८ चैत २०८०, १२:३९ PM
post-image

काठमाडौ, चैत २८ । मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको वार्षिक साधारण सभा बिहीबार चैत २९ गते बस्दैछ । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । जसअनुसार यसवर्ष सेयरधनीहरुको हात खाली रहने छ । यसैगरी यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ । गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भइसकेको छ । कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् । सभा, होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा हुनेछ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

संबंधित समाचार

ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउदै

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलद्वारा शपथ ग्रहण

प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ

}