निरन्तर चौंथो दिन नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य

बुधबार, २८ चैत २०८०, ११:४८ AM
post-image

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्नेक्रम रोकिएको छैन । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । 

यता, आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँ बढेर १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}