वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब टेक्निसियन नियन्त्रणमा
वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेजमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगन्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले छापा मारेको छ ।
मेडिकल कलेजमा म्याद गुज्रिएको औषधी फेला परेपछि कलेजका एमडी सहनाज हुसौन अंसारी र ल्याब टेक्निसियन संजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेशनल मेडिकल कलेजको प्रयोगशालामा महानगरका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य कन्हैया ठाकुरको नेतृत्वमा खटिएको अनुगमन टोलीले छापा मारेको हो ।
उपमेयर इम्तियाज आलमको नेतृत्वमा रहेको सो टोलीले छापामारीको क्रममा सन २०२१ र २०२२ सम्मको म्याद सकिएको औषधी फेला पारेको थियो ।
प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले छापामारेको बताइएको छ । ल्याबमा छापामारी गर्दा म्याद नाघेको केमिकलहरु बरामद भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.