कोशी प्रदेश सरकारबाट माओवादीका ३ मन्त्रीले दिए राजीनामा

सोमबार, २६ चैत २०८०, ४:२६ PM
post-image

विराटनगर । माओवादी केन्द्रबाट कोशी प्रदेशमा मन्त्री बनेका तीन मन्त्रीले राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् ।

सोमबार नै बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो ।

कांग्रेसका केदार कार्कीको नेतृत्वमा रहेको प्रदेश सरकारलाई ढल्ने रणनीति अनुसार माओवादी केन्द्र सरकारबाट बाहिरिएको हो ।  
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}