प्रभु बैंक र स्वावलम्बन लघुवित्तको सेयर लिलामी बिक्री खुला
काठमाडौं, चैत २५ । प्रभु बैंक सेयर ६१ हजार ७६२ कित्ता र स्वावलम्बन लघुवित्तको १४ हजार ७१० कित्ता आजदेखि लिलामी बिक्री खुला भएको छ ।
प्रभु बैंकमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । स्वावलम्बन लघुवित्तमा न्यूनतम ३५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
दुवै कम्पनीको लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।
दुवै कम्पनीको लिलामीमा वैशाख १६ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पेश गर्न सकिनेछ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.