रास्वपा लक्षित गगनको टिप्पणीः ‘नयाँ राजनीतिक दलले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हो’

शनिबार, २४ चैत २०८०, ७:१८ PM
post-image

काठमाडौं, २४ चैत । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने बताउनुभएको छ । 

शनिवार ललितपुरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने बताउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित टिप्पणी गर्दै उहाँले कानूनको शासन भन्दा माथि कोही पनि नहुने जिकिर गर्नुभयो । उहाँले प्रश्न भन्दा माथि कोही पनि नेता नरहेको बताउनु भयो । उहाँले सर्वसाधारणले गरेको ठगी ठगी भएको जस्तै शक्तिशालीले गरेको ठगी पनि ठगी नै हुने भएकाले शक्तिशालीलाई छुट दिन नहुने बताउनु भयो । उहाँले सर्वसाधारणले गरेको कुनै कीर्ते कीर्ते नै हुने भएकाले शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुने बताउनु भयो । 

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै काँग्रेसले देशको उद्योग धन्दा बेचेर खाएको आरोप लगाउनुभएको भन्दै कम्युनिष्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन चुनौति दिनुभयो । उहाँले अहिले प्रधानमन्त्री, अर्थमन्त्री कम्युनिष्ट पार्टीकै भएकाले नयाँ उद्योग खोलेर देखाउन आग्रह गर्नुभयो । उहाँले सरकारले उद्योग धन्दा गर्ने नभइ निजी क्षेत्रले गर्नेमा कम्युनिष्टहरु जानकार रहेकाले पनि खोल्न नसक्ने बताउनु भयो ।

महामन्त्री थापाले २०८१ साललाई नेपाली काँग्रेसको पुनःजागरणको साल बनाउनुपर्ने बताउनु भयो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}