बेलायतमा भेटियो सबैभन्दा ठुलो सुनको डल्लो तर भएन बिक्री
लन्डन, २४ चैत । बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला फेला परेको छ ।
इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो सो सुनको डला लिलामीको लागि ल्याइएको छ ।
तर यसको उत्पत्ति रहस्यमा नै रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन ।
रिचर्ड ब्रोकले मेटल डिटेक्टर मेसिन प्रयोग गरिरहेका थिए, जब उनले केही समयपछि बहुमूल्य साे धातुको डल्ला भेटाएका थिए । पछि ल्याबमा परिक्षण गरे पछि सो धातु सुनको भएको पत्ता लागेको थियो ।
सो सुनको मूल्य ३० हजार देखी ४० हजार बेलायती पाउन्ड बिचमा तोकिएको छ ।
तर लिलामीमा बेच्न राखिएको भए पनि त्यो अझै बिक्री भने भएको छैन, यद्यपि रिचर्ड ब्रोक अझै पनि सो बहुमुल्य धातुको डल्लु बेचिने आशामा रहेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.