विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड, ‘१४ महिनाको आयात धान्न पुग्छ’; राष्ट्र बैंक

बिहिबार, २२ चैत २०८०, ९:३० PM
post-image

काठमाडौँ । चालु आर्थिक बर्षको फागुन महिनासम्म शोधान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड बचत रहेको छ ।

विहिबार नेपाल राष्ट्रबैंकले सार्बजनिक गरेको पछिल्लो आठ महिनाको विवरणमा जानकारी दिएको हो ।

गत बर्ष यहि अवधिमा शोधान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँ बचत थियो ।

त्यस्तै राष्ट्रबैंकले फागुन मसान्तसम्म विदेशी मुद्राको  सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड रुपियाँ रहेको जनाएको छ । बैंकले अहिलेको विदेशी मुद्राको संचितीले १२.४ महिनाको वस्तुको आयत धान्न पुग्ने बताएको छ ।
  
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}