निःशुल्क शेयर तालिम भन्दै भाइरस डाउनलोड गर्न लगाएर ठगि

सामाजिक सञ्जालमा विज्ञापन गरेरै अनलाइन डाटा इन्ट्री, निःशुल्क तयारी कक्षा, शेयर कारोबार विश्लेषण निःशुल्क तालिम प्रदान गर्छु भन्ने जस्ता विभिन्न प्रलोभन देखाई पठाएको लिंकबाट भाइरस डाउनलोड गराई ठगि गर्ने गरेको पाइएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, २२ चैत २०८०, ५:१७ PM
फन्ट
निःशुल्क शेयर तालिम भन्दै भाइरस डाउनलोड गर्न लगाएर ठगि

२२ चैत्र, काठमाडौँ। सामाजिक सञ्जालमा विज्ञापन गरेरै अनलाइन डाटा इन्ट्री, निःशुल्क तयारी कक्षा, शेयर कारोबार विश्लेषण निःशुल्क तालिम प्रदान गर्छु भन्ने जस्ता विभिन्न प्रलोभन देखाई पठाएको लिंकबाट भाइरस डाउनलोड गराई ठगि गर्ने गरेको पाइएको छ।

सामाजिक सञ्जालमा तपाईंले पनि कुनै विज्ञापनमा "निःशुल्क शेयर तालिम" भन्दै आएको देख्नु भएको होला। कतिपय ले त चासो देखाएर मेसेज पनि गर्नु भएको होला। यस्तै विज्ञापन गरेर अनलाइन मार्फत ठगि गर्नेहरुको अहिले बिगबिगी जस्तै छ।

यस्ता ठगहरुले तपाईंलाई निःशुल्क शेयर तालिम तथा विश्लेषण भन्दै एउटा सफ्टवेयर डाउनलोड गर्न लगाउँछन्। उक्त सफ्टवेयर डाउनलोड गरेर ईन्सटल गरिसकेपछि तपाईंको मोबाइल तथा ल्यापटप सम्पूर्णरुपमा उनीहरूको कन्ट्रोलमा जान्छ। यसरी प्रयोगकर्ताको डाटा चोरी गरी इसेवा, बैंक लगायतबाट पैसा चोर्ने गरेको पाइएको छ।

यस्तो प्रवृत्ति निकै बढेपछि नेपाल प्रहरीले सूचना नै जारी गरी सचेत गराएको छ। उक्त सूचनामा यस्ता प्रलोभनमा नपरी कुनै पनि सफ्टवेयर ईन्सटल नगर्न आग्रह गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.