कांग्रेसबाट इलाम- २ मा डम्बर खड्का र बझाङमा अभिषेक सिंह बने उम्मेदार
काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले इलाम- २ मा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेसले त्यस्तै बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले इलाम- २ मा उम्मेदार तय गर्न आज सबै आकांक्षीसँग छलफल गरेका थिए ।
इलाम- २ मा महामन्त्री गगन थापा लगायतले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए ।
डम्बर खड्का २०७९ को मंसिर ४ मा भएको आम निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.