सूर्यज्योति लाइफ इन्स्योरेन्स, लक इन समाप्त भएकै भोलिपल्ट आकर्षक लाभांश घोषणा, संयोग कि संस्थापक शेयर महँगोमा बेच्ने खेल?

बिहिबार, २२ चैत २०८०, १:२३ PM
post-image

सुर्याज्योती लाइफ इन्स्योरेन्सले हिजो चैत्र २० गते बिहान ३५% लाभांश घोषणा गर्यो र त्यसै दिन उक्त कम्पनीको शेयरमा ६.७४ प्रतिशतले बढ्यो।

अघिल्लो दिन अर्थात् चैत्र १९ गते उक्त कम्पनीको संस्थापक समूहको शेयर १,०१,७५,९७९, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको शेयर ३७,९१,०५१ र कर्मचारीलाई सुरक्षित गरिएको २,९९,२९३.५० गरी कुल १४,२६६,३२३.५० कित्ता शेयरको लक इन अवधि समाप्त भएको थियो।

पछिल्लो तथ्यांक हेर्ने हो भने प्राय कम्पनीको लक इन अवधि सकिँदा संस्थापक शेयर बिक्री चाप बढेर शेयर मूल्यमा गिरावट आउने गरेको देखिन्छ। तर सूर्य ज्योति लाइफ इन्स्योरेन्स काे हकमा त्यस्तो हुन पाएन। लक इन सकिएको भोलिपल्टै आकर्षक बोनस घोषणा भएको हुँदा शेयर मूल्य बढ्न गयो।

हिजोको दिन मात्रै उक्त कम्पनीको ४,९४,७४५ कित्ता कारोबार भएको छ जुन पछिल्लो दिनको तुलनामा उच्च हो।

यसरी हेर्दा उक्त दिन लक इन अवधि सकिएको शेयर उच्च संख्यामा कारोबार भएको हुन सक्ने अनुमान लगाउन सकिन्छ।

ब्रोकर नं २८, ४, ९१ , ४५ लगायत बाट उच्च संख्यामा शेयर बिक्री भएको देखिन्छ।

             चैत्र २१ गते कारोबार गर्ने ब्रोकरहरु 

चैत्र २० गते भने कारोबार घटेर १२०,७७९ मा झरेको छ र पनि यो औशत कारोबार भन्दा निकै धेरै हो ।  आज सबै भन्दा धेरै किन्ने ब्रोकरमा ब्रोकर न. १७, ४९, ४५,२८  लगायत छन् 

   चैत्र २२  गते कारोबार गर्ने ब्रोकरहरु 

यी सबै तथ्यांक हेर्ने हो भने लक इन समाप्त भएको भोलिपल्टै लाभांश घोषणा हुनु संयोग मात्र नभएको प्रष्ट देखिन्छ। पछिल्लो तीन वर्ष देखि लाभांश नदिनु र एकै चोटी लक इन समाप्त हुँदा घोषणा गर्नुलाई पनि नजरअन्दाज गर्न सकिँदैन।

साथै पछिल्लो दिनको कारोबार संख्या हेर्ने हो भने उक्त कम्पनी काे शेयरमा इन्साइडर ट्रेडिङ भएको हुन सक्ने देखिन्छ।

हिजो बाहेक पछिल्लो ७ दिनको कारोबार हेर्ने हो भने औषतमा करिब ३५,००० कित्ता कारोबार भएको देखिन्छ भने लाभांश घोषणा हुनु अघि कारोबार बढेर १,१२००० पुगेको थियो। बम्पर लाभांश घोषणा गर्नु अघि उच्च कारोबार हुनुले इन्साइडर ट्रेडिङ भएको गन्ध दिन्छ।

नियामक निकायहरुले यस्तो असामान्य कारोबार नोटिस गरी आवश्यक अनुसन्धान गर्नुपर्ने देखिन्छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}