सुनको मूल्यमा लगातार एकपछि अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । सुनको भाउले आज (चैत २२ गते बिहिबार) नयाँ रेकर्ड कायम गरेको छ । बुधबार नयाँ रेकर्ड बनाएको सुनको मूल्यले पुनः बिहिबार पनि हालसम्मकै उच्च रेकर्ड बनाएको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दो क्रममा रहे संगै दैनिक जसो नयाँ रेकर्ड बनाइरहेको छ। अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार ३०० डलर पुगिसकेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.