नेप्सेमा समस्या, बजार खुला भए पनि हिजोको तथ्यांक देखाउँदै
आज नेप्सेका वेबसाइटमा समस्या देखिएको छ।
बिहान ११ बजेर ७ मिनेट जाँदा सम्म नेप्सेका वेबसाइट मा हिजोको डाटा देखाउँदै आएको थियो।
यसबारेमा हामीले नेप्सेका प्रवक्ता मुरहरी पराजुली सँग ११:०१ मिनेटमा बुझ्दा आफू कार्यालय पुगीनसकेको र यसबारेमा बुझेर मात्र जानकारी दिन सकिने बताए।
११ बजेर ८ मिनेट जाँदा डाटा अपडेट भयो र हामीले के भएको रहेछ भनेर पुनः जानकारी लिँदा पराजुलीले डाटा परिवर्तन भएर बसेको हुँदा अपडेट हुन नसकेको बताउनु भयो। उहाँले भन्नुभयो " डाटा चेन्ज भएर बसेको हुँदा अपडेट हुन सकेको रहेनछ र तपाईंले भनेपछि मात्र हाम्रो नोटिसमा आयो अनि तुरुन्तै हामीले मिलायौ" ।