दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि

बुधबार, २१ चैत २०८०, ११:५ AM
post-image

काठमाडौ, चैत २१ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धि ४ प्रतिशतले हुने तथ्यांकले देखाएको छ । २०८०/८१ को पहिलो त्रैमासको तुलनामा अर्थतन्त्र ०.७ प्रतिशतले वृद्धि भएको छ ।

मुलुकको अर्थिक वृद्धि ४ प्रतिशतले भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनले यस्तो देखाएको हो । 

कार्यालयका अनुसार अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गिकरणहरुमध्ये दोस्रो त्रैमासमा १७ वटाको मूल्य अभिवृद्धि घनात्मक रहेको छ ।  व्यापार क्षेत्रमा झिनो वृद्धि तथा उद्योगबाहेक अन्य क्षेत्रमा समेत सकारात्मक वृद्धि भएको कार्यालयले जनाएको छ ।

जसमध्ये धान लगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनको वृद्धिले मुलुकमा आर्थिक वृद्धि हुने अनुमारन गरिएको छ । होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिले समग्र अर्थतन्त्रमा पनि योगदान गरेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}