घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा गिरावट आएको छ। सोमबारको हालसम्मकै उच्च रेकर्डबाट मंगलबार सुन तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।
मंगलबार छापावाला सुनको मूल्य एक लाख ३१ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.