बजेट बनाउन अर्थ मन्त्रालयले माग्यो सुझाव

सोमबार, १९ चैत २०८०, २:५५ PM
post-image

काठमाडौं, चैत १९ । अर्थ मन्त्रालयले बजेट बनाउन सबैसंग सुझाव मागेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट मस्यौदा लेखनको काम शुरू गरिरहेको छ ।

मन्त्रालयले एक सुचना प्रकाशीत गर्दै बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव मागेको हो ।

मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन आग्रह गरेको छ । 

त्यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसनमा गएर वा इमेल पठाएर सुझाव दिन मन्त्रालयले भनेको छ । 


 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू