सहकारी ठगि प्रकरणमा संसदीय समितिको गठन गर्ने कांग्रेसको माग कायमै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्दै आज पनि संसदमा विरोध गरेको छ ।

Artha Kendra Artha Kendra
सोमबार, १९ चैत २०८०, ११:५८ AM
फन्ट
सहकारी ठगि प्रकरणमा संसदीय समितिको गठन गर्ने कांग्रेसको माग कायमै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्दै आज पनि संसदमा विरोध गरेको छ ।

संसदको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने भन्दै सहकारी पिडितको कुरा सरकारले नसुनेको आरोप लगाएकी छन् ।

सांसद गौतमले सरकारले सहकारी ठगिको छानबिनलाई प्रभावित गरेको भन्दै संसदीय समितिको गठनको माग गरेकी छन् । उनले संसदीय समिति गठन गर्ने विषयलाई ठुलो विषय नबनाउन आग्रह गर्दै आफु माथि लागेको आरोपलाई प्रष्ट गर्ने यो अवसर समेत हुने उनले आग्रह गरिन ।
 
 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.