सहकारी ठगि प्रकरणमा संसदीय समितिको गठन गर्ने कांग्रेसको माग कायमै

सोमबार, १९ चैत २०८०, ११:१३ AM
post-image

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्दै आज पनि संसदमा विरोध गरेको छ ।

संसदको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने भन्दै सहकारी पिडितको कुरा सरकारले नसुनेको आरोप लगाएकी छन् ।

सांसद गौतमले सरकारले सहकारी ठगिको छानबिनलाई प्रभावित गरेको भन्दै संसदीय समितिको गठनको माग गरेकी छन् । उनले संसदीय समिति गठन गर्ने विषयलाई ठुलो विषय नबनाउन आग्रह गर्दै आफु माथि लागेको आरोपलाई प्रष्ट गर्ने यो अवसर समेत हुने उनले आग्रह गरिन ।
 
 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू