पेट्रोलको मूल्य बढ्यो

आइतबार, १८ चैत २०८०, ८:५८ PM
post-image

काठमाडौँ । नेपाल सरकारले पेट्रोलको मूल्य बढाएको छ। सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको हो।

निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ। इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य  प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौँमा पेट्रोलको मुल्य १७५ रुपियाँ प्रतिलिटर भएको छ ।

त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०.३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०.३८ रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७.४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले जानकारी दिएको छ ।

 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}