कर्णाली राजमार्ग स्तरोन्नतिका लागि बजेटको व्यवस्था नभए आन्दोलन गर्छौंः ज्ञानबहादुर शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था नभए सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले जुम्ला जोडने सो राजमार्गको स्तरोन्नति नभएका कारण त्यहाँ जनता अलपत्र अवस्थामा बस्नुपरेको उल्लेख गर्दै अब पनि त्यसका लागि बजेटको व्यवस्था नभए संसद र सदन दुवैमा आन्दोलन गर्ने बताउनुभएको हो । प्रमुख सचेतक शाहीले कर्णालीका नागरिकले पनि बाँच्न पाउने अधिकार भएकाले सरकारले त्यसको व्यवस्था गर्न ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले जुम्लाले मात्रै स्याउ, मार्सी धान, जडिबुटी लगायतबाट देशलाई करोडौं दिनसक्ने अवस्था भएकाले सरकारले त्यस क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
प्रमुख सचेतक शाहीले भन्नुभयो, ‘जुम्लामा सडक राम्रोसँग स्तरोन्नति हुन नसकेर अलपत्र अवस्थामा छ । २०६३ साल चैत्र महिनाको ३० गते जुम्लाको कर्णाली राजमार्ग भन्छौं । विशेष गरी जुम्ला र सुर्खेत जोडने सो राजमार्गको शिलान्यास भयो । र गाडी जुम्ला पुग्यो । देशमा चरम द्वन्द्व थियो । कालीमा धेरै मानिसहरु मारिए । तर पनि बाटो पुग्यो । जुम्लेलीले खुशी मनाए । अहिलेसम्म ४३२ वटा सवारी दुर्घटना भए । २८७ जनाको ज्यान गएको छ । हजारौं मानिसहरु आज पन अलपत्र अवस्थामा परेका छन । त्यही भएर सम्माननीय सभामुख महोदय, अव आउने बजेटमा यहाँ मन्त्रीज्यु हुनुहुन्छ, प्रधानमन्त्रीज्यु हुनुहुन्छ भने जुम्लाको कर्णाली रारा जाने बाटो कर्णाली राजमार्ग कालिकोट हुँदै, दैलेख हुँदै जाने बाटोको स्तरोन्नति होस् । अहिले पनि त्यो बाटोमा हिँड्न सकिँदैन । यो वर्षको बजेटमा पनि कर्णाली राजमार्गको स्तरोन्नतिका लागि हुँदैन भने संसदमा पनि आन्दोलन हुन्छ, सडकमा पनि आन्दोलन हुन्छ । कर्णालीले आफ्नो माग जारी राख्छ । किनभने हरेक नागरिकको बाँच्न पाउने अधिकार राख्छ ।’
सांसद शाही कर्णाली राजमार्ग व्यवस्थित नहुँदा सवारी घुर्टनामा परी धेरैको ज्यान गएको पनि स्मरण गराउनु भयो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.