वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न सांसद डा. तोसिमा कार्कीको माग

आइतबार, १८ चैत २०८०, १:११ PM
post-image

राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरु नियुक्त गर्न माग गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग गर्नुभएको हो । उहाँले वीर अस्पतालमा ८३१ जनाको दरबन्दी स्वीकृत पनि भइसकेको भन्दै करारमा अथवा लोकसेवामार्फत जुन प्रक्रियामा भएपनि तुरुन्त स्वास्थ्यकर्मी नियुक्त हुनुपर्ने बताउनु भयो । उहाँले अघिल्लो स्वास्थ्यमन्त्रीले एकैपटक २७६ जना स्वास्थ्यकर्मीलाई वीर अस्पतालबाट निकालेर अस्पतालको सेवा नै अलपत्र पारेको भन्दै नयाँ स्वास्थ्यमन्त्रीले सेवामा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘वीर अस्पतालप्रति स्वास्थ्य मन्त्रालयको अघिल्लो नेतृत्वको नजर नपुगेको होइन, उहाँको नजर पुग्यो तर उहाँले अस्पतालको व्यवस्थापन नै ध्वस्त हुनेगरी एकैपटक २७६ जना स्वास्थ्यकर्मीहरुलाई निकालि दिनुभयो र अस्पतालको सेवा अलपत्र पारिदिनु भयो । आशा छ यस पटकका स्वास्थ्यमन्त्रीको ध्यान पुग्नेछ र अस्पतालको सेवामा सुधार ल्याउनुहुनेछ । म स्वास्थ्यमन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु, एउटा यस्तो व्यवस्था गरियोस् जतिपनि देशभरीका अस्पतालहरुमा आइसियु बेड खाली छन्, कस्ता–कस्ता सेवाहरु दिइन्छन्, डाक्टरहरु कुन–कुन छन् भन्ने इन्फरमेशन हामीले वेवसाइटमार्फत् हेर्न सकियोस् । जहाँ नागरिकले फोन गरेर सोध्न, खोज्न सकुन् । वीर अस्पतालमा स्वास्थ्यकर्मी तत्कालै भर्ना गर्नुपर्नेछ । करारमा हुन्छ कि अथवा लोकसेवामार्फत् हुन्छ । ८३१ जनाको दरबन्दी स्वीकृत पनि भइसकेको छ । तत्कालै यसलाई प्राथमिकतामा राखेर स्वास्थ्य मन्त्रालयले यो गरोस् भनेर अनुरोध गर्न चाहन्छु ।’
उहाँले कुनै वेवसाइटमार्फत अथवा कुनै माध्यमबाट देशभरका अस्पतालमा कस्ता कस्ता सेवाहरु दिइन्छन् र कति आइसियु बेड खालि छन् भन्ने हेर्न सकिने व्यवस्था गर्न समेत माग गर्नुभयो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}