नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार स्थिर

आइतबार, १८ चैत २०८०, १२:४३ PM
post-image

काठमाडौं, चैत १८ । नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ। 

यसअघि बिहीबार र शुक्रबार सुनको भाउले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ। 
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९०० रूपैयाँ र शुक्रबार प्रतितोला १ लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। 

शुक्रबार प्रतितोला १५ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}