गृहमन्त्रीमाथि छानवीन गर्न संसदीय समिति बनाउनुपर्ने काँग्रेसको माग कायमै

संसदीय छानवीन समिति नबनेमा काँग्रेस संसद अवरोध गर्ने तहसम्म पुग्ने उहाँले चेतावनी दिनुभयो ।

Artha Kendra Artha Kendra
आइतबार, १८ चैत २०८०, १२:१५ PM
फन्ट
गृहमन्त्रीमाथि छानवीन गर्न संसदीय समिति बनाउनुपर्ने काँग्रेसको माग कायमै

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगि प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानवीन गर्न संसदीय छानवीन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ । 

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीमाथि छानविन गर्नुपर्नेमा गृहमन्त्रीको जिम्मेवारीमा पुग्नुभएको भन्दै यसले संशय पैदा भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री र सुरक्षा निकायको प्रमुखले पनि न्यायाधीश जस्तो गरी क्लिनचिट दिनुभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले ठुलो माछालाई काखिमा च्यापेर सानो माछा खोज्नुभएको बताउनु भयो । उहाँले चाँडो भन्दा चाँडो संसदीय समिति बनाउन माग गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटनाक्रमहरुले एउटा संशय पैदा भएको छ कि यसको न्याय निरुपण कसरी हुन्छ ? प्रधानमन्त्रीले छानवीन गर्छु भन्ने, ठुलो माछा काखिमा च्यापेर सानो माछाको मात्रै खोजी गर्ने कुराको प्रतिवद्धता देखाएर पुग्छ सभामुख महोदय ? हामीले गम्भिर प्रश्न उठाएका छौँ । हामी चाहन्छौँ, संसदीय छानविन समिति बनोस् । संसद हामीलाई आवश्यक छ । प्रमुख प्रतिपक्षको रुपमा हामीले उठाएको यो मुद्दामा सम्पूर्ण संसदको ध्यानाकर्षण गराउन चाहन्छौँ । जिम्मेवार पार्टीका साथीहरुलाई पनि यसप्रति गम्भिर हुन आग्रह गर्न चाहन्छौँ । सरकार यसप्रति गम्भिर बनोस् । संसदीय समिति बनाओस् । यो कुरा चाँडो भन्दा चाँडो निष्कर्षमा पुगोस् । होइन भने यो मुद्दा बारम्बार उठाइरहने छौँ । जनताकोमा लिएर जानेछौँ । बाध्य भयौँ भने रोष्टम घेर्ने ठाउँमा पनि पुग्नसक्छौँ ।’

संसदीय छानवीन समिति नबनेमा काँग्रेस संसद अवरोध गर्ने तहसम्म पुग्ने उहाँले चेतावनी दिनुभयो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.