मनकामना स्मार्ट लघुवित्तको साधारण सभा बस्दै, लगानीकर्ताको हात खाली

आइतबार, १८ चैत २०८०, ११:३३ AM
post-image

काठमाडौं, १८ चैत। मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडले लाभांस विनानै वार्षिक साधारण सभा बस्ने भएको छ। सभा चैत २९ गते होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा बस्ने भएको छ। 

लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने जनाएको छ जसकारण् यस वर्ष सेयरधनीहरुको हात खाली रहनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, चैत १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन्। यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ। गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भएको हो।  

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}