सिद्वार्थ बैंक र एनबीआईबीच विद्युतीय सवारीमा लगानी सम्झौता

आइतबार, १८ चैत २०८०, ११:४५ AM
post-image

काठमाडौं, १८ चैत । सिद्वार्थ बैंक र एनबीआई बीच विद्युतीय सवारीमा लगानी सम्झौता भएको छ। 

नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र सिद्वार्थ बैंक लिमिटेड बीच ‘नेपालमा विद्युतिय सवारी साधनमा वित्तीय लगानीको सम्भाव्यता’ का बारेमा अध्ययन गर्नका लागि सम्झौतामा हस्ताक्षर भएको हो।
 
उक्त सम्झौतामा सिद्वार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेल र नेसनल बैंकिङ इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरी सम्झौता गरेका हुन्। यस्तै सम्झौताअनुसार नेसनल बैंकिङ इन्स्टिच्युटले नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भावनाका बारेमा अध्ययन अनुसन्धान गरी अध्ययन प्रतिवेदन तयार गर्नेछ। 

इन्स्टिच्युटले आगामी दिनमा बैंकिङ तथा वित्तिय क्षेत्रका विभिन्न विषयहरुमा अध्ययन, अनुसन्धान गरि मुलुकका बैंक तथा वित्तिय संस्थाहरुलाई आवश्यक सूचना जानकारी तथा तथ्यांक उपलब्ध गराउने लक्ष्य लिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}