रास्वपाबाट उम्मेदार बनेपछि लिम्बुलाई माओवादीनिकट प्रेस सेन्टरले बर्खास्त गर्यो

शुक्रबार, १६ चैत २०८०, ४:२३ PM
post-image

काठमाडौँ । वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई  नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरले बर्खास्त गरेको छ ।

माओवादी केन्द्रमा आवद्ध लिम्बुलाई रास्वपाले इलाम- २ बात उम्मेदार बनाउने निर्णय गरिसकेको छ । लिम्बुलाई रास्वपाले उम्मेदवार बनाएसँगै प्रेस सेन्टरले विज्ञप्ति निकालेर बर्खास्त गरिएको जानकारी दिएको छ ।

लिम्बु माओवादीको उपत्यका विशेष प्रदेश समिति सदस्य र प्रेस सेन्टरका सचिवसमेत थिए ।

उनले माओवादीबाट राजीनामा नदिई उपचुनाव लड्न रास्वपा तिर लागे पछि बर्खास्त गरिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेले बताएका छन् ।


 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}