सुनको मूल्यमा नयाँ रेकर्ड, अब १ तोला किन्न १ लाख २७ हजार ९०० रुपैयाँ तिर्नुपर्ने
काठमाडौं चैत १५ । सुनको भाउले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख २७ हजार ९०० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन प्रतितोला १२६८०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ११०० रुपैयाँले बढेर १२७९०० रुपैयाँ भएको हो। त्यस्तै, तेजावी सुन ११०० रुपैयाँले बढेर प्रतितोला १२७३०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १५१० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.