सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर लिलामी खुल्यो

मंगलबार, १३ चैत २०८०, २:४ PM
post-image

काठमाडौं, १३ चैत । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । इन्स्योरेन्सले २ लाख ८७ हजार ५०० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । कम्पनीका अनुसार यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।यसमा न्यूनतम २१० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा चैत २० गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदकले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}