नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेट

मंगलबार, १३ चैत २०८०, १:१५ PM
post-image

काठमाडौं, १३ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँग भेटबार्ता भएको छ। ढकालले सोमबार नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग भेटवार्ता गरेका हुन्। सो भेटमा ढकालले नेपालमा लगानी प्रवर्द्धन गर्नका लागि कतारका राजदूतसँग आग्रह गरेका हुन्। 

दुई देशबीच आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा भेटवार्ता केन्द्रित थियो। उक्त अवसरमा महासंघका अध्यक्ष ढकालले नेपालमा थप लगानी गर्नुपर्नेमा जोड दिए। 

उनीहरूबीच महासंघ र कतार चेम्बरको एक संयुक्त व्यापार परिषद् स्थापना गर्ने योजनामा छलफल पनि भएको छ। संयुक्त व्यापार परिषद्ले नेपाल र कतारबीचको सहकार्य र सूचना आदानप्रदानलाई सहज बनाउने अपेक्षा गरिएको छ। राजदूत अन्सारीले द्विपक्षीय लगानी सम्झौताले लगानी संरक्षण, व्यापार प्रवर्द्धन र आर्थिक सहयोगलाई प्रोत्साहन गर्ने ढाँचा उपलब्ध गराउने बताए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}