सुन–चाँदीको मूल्यमा गिरावट, यस्तो छ आजको भाउ

नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, १३ चैत २०८०, १२:३८ PM
फन्ट
सुन–चाँदीको मूल्यमा गिरावट, यस्तो छ आजको भाउ

काठमाडौं, १३ चैत । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, सोमबार छापावाल सुन १ लाख २६ हजार ७०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । 

यता, मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १५ सय १५ रुपैयाँ कायम रहेको थियो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.