सुनको मूल्य २०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं, १२ चैत । सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि, शुक्रबार छापावाल सुनको भाउ १ लाख २६ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २५ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ प्रतितोला १५ सय रुपैयाँ कायम रहेको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.