गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३२ हजार २२६ पुग्यो
गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै ७४ हजार ५१८ जना घाइते भएका छन् । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या झनै बढीरहेको गाजास्थित स्वास्थ्यमन्त्रालयले जनाएको छ । सेना र शिन बेट सुरक्षा सेवाले अल–शिफा अस्पताल क्षेत्रमा लडाई जारी राखेको छ । इजरायलले यसअघि पनि अस्पताललाई निशाना बनाएर आक्रमण गरेको थियो । हमासले यसलाई कमाण्ड सेन्टरको रूपमा प्रयोग गरेको र कम्प्लेक्स मुनि भूमिगत सुरुङहरूमा हतियार र लडाकुहरू लुकाएको दाबी गरेको छ । इजरायल र प्यालेस्टानइबीच २०२३ को अक्टोबर ७ बाट युद्ध शुरु भएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.