भारतीय मुद्रा सञ्चिति बढेर ६४२.४९ अर्ब अमेरिकी डलर पुग्यो
भारतको विदेशी मुद्रा सञ्चिति मार्च १५ मा समाप्त भएको हप्तामा ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ । देशको केन्द्रिय बैंकले यो अहिलेसम्मकै उच्च रहेको बताएको छ । भारतको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको यो लगातार चौथो साता हो । भारतीय रिजर्भ बैंककाअनुसार मार्च १५ मा समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति झन्डै ६ अर्ब ४ करोड डलरले बढेको छ । यस हप्तामा विदेशी मुद्रा सम्पती ५६८ अर्ब ३८६ अर्ब डलर रहेको छ भने सुनको सञ्चिति ५१ अर्ब १४ करोड डलर रहेको तथ्यांकले देखाएको छ । भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा यसको न्युन स्तर ८३.४३ मा झरेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.