भारतीय मुद्रा सञ्चिति बढेर ६४२.४९ अर्ब अमेरिकी डलर पुग्यो

सोमबार, १२ चैत २०८०, ११:२६ AM
post-image

भारतको विदेशी मुद्रा सञ्चिति मार्च १५ मा समाप्त भएको हप्तामा ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ । देशको केन्द्रिय बैंकले यो अहिलेसम्मकै उच्च रहेको बताएको छ । भारतको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको यो लगातार चौथो साता हो । भारतीय रिजर्भ बैंककाअनुसार मार्च १५ मा समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति झन्डै ६ अर्ब ४ करोड डलरले बढेको छ । यस हप्तामा विदेशी मुद्रा सम्पती ५६८ अर्ब ३८६ अर्ब डलर रहेको छ भने सुनको सञ्चिति ५१ अर्ब १४ करोड डलर रहेको तथ्यांकले देखाएको छ । भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा यसको न्युन स्तर ८३.४३ मा झरेको छ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}