घट्दो बजारमा लगानीकर्तामा देखिने प्रमुख बिचलनहरु: (शिव चन्द्रको विचार)

शनिबार, १० चैत २०८०, ५:५ PM
post-image
काठमाडौँ १० चैत।   घट्दो बजारमा लगानीकर्तामा देखिने प्रमुख बिचलनहरु: (शिव चन्द्रको विचार)
१. मिडियाहरुम मार्फत प्रकाशन/प्रशारण हुने समाचारको हेडलाईन मात्र हेरेर गाली गर्नु ।
२. सामाजिक सँजालमा आउने पोष्टहरु राम्रै भए पनि सँधै नकारात्मक प्रतिकृया मात्र दिनु ।
३. कसैले तथ्य कुरा नै लेखेछ भने पनि सहि वा गलत हो भन्ने भेरीफाई गर्न छाडेर 'ए.... यसले त सेयर बेचेछ' अथवा 'यसले त सेयर किनेछ' भन्ने मानसिकतामै सिमित रहनु ।
४. हल्लाकै भरमा आफुले खरिद गरेको कम्पनीको सेयरको बारे कसैले नकारात्मक कुरा गरेको खण्डमा सत्य तथ्य पचाउनै नसक्नु।
५. समग्र सोच र पुरै दैनिकी नै तनावयुक्त रहनु ।
६. पटक पटक सेक्टर परिवर्तन गर्दै हौसिएर नबढेको सेक्टरबाट बढेको सेक्टरमा स्थानान्तरण हुनु, अनि पछि पछुताउनु ।
७. जसरी बढ्दो बजारमा अब बजार कहिल्यै घट्दैन सँधै भरी बढिरहन्छ भन्ने सोच हाबी हुन्छ ठिक त्यसैगरी घट्दो बजारमा अब बजार फेरी बढ्छ भन्ने बिश्काश नै नगर्नु ।
८. बढ्दो बजारमा हौसिएर ऋण लिएर कारोबार गर्ने तर घटेको बेलामा ऋण लिएर कारोबार गर्न डराउने ।
९. आफु ढंग पुर्याउन नसक्ने दोष भने खाली अरु माथी मात्र थोपर्ने ।
१०. समय अनुसार नचल्ने , महँगो मुल्यमा किनिएका पुराना सेयरहरु मुल्य आएपछि फाईदा भएपछि मात्र बिक्री गर्छु भन्ने सोच राखेर बर्षौंसम्म धारण गरेर राख्ने सोच बनाउनु ।
 
आफ्नो सामाजिक संजालमा वहाँ लेख्नुहुन्छ "आफ्नो लगानीलाई १०४° को ज्वरोले समात्दा यस्तो भावनाले ठाउँ लिनु स्वाभाबिक नै हो ! सायद आफै पनि भुक्तभोगी भएर होला म चाहिं यो बिषयलाई एकदमै सहज रुपमा लिन्छु ।"
 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}