सुनको मूल्य ह्वातै बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको छ

Artha Kendra Artha Kendra
बिहिबार, ८ चैत २०८०, ११:२४ AM
फन्ट
सुनको मूल्य ह्वातै बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं, ८ चैत । सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको छ ।

बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० र  तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य बिहीबार प्रतितोला १ हजार ५५५ रुपैयाँमा  कारोबार भइरहेको छ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.